Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिद्धार्थ राजमार्गमा हाईस दुर्घटना , ७ जना यात्रु घाइते - Brighter Network


साउन २९, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डको तिनाउ गाउँपालिका-५ जोरधार भन्ने ठाउँमा हायस माइक्रोबस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन ।

बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १२२५ नम्बरको हाईस सडक किनारको ढुङ्गा भरिएको जालीमा ठोक्किएर सडकमै पल्टिएको थियो । घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज तानसेन  प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभएको छ ।


घाइते मध्ये तानसेन नगरपालिका १० की लक्ष्मी कार्की र नवलपरासी सरावल गाउँपालिका बस्ने वर्ष ३० का राजेश गुप्ताको आइसियू कक्षमा उपचार भइरहेको छ । उनीहरुको टाउँको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रमुख चन्दले बताउनुभयो । दुर्घटनामा घाइते बाँकी पाँच जनाको अवस्था भने सामान्य रहेको छ । माइक्रोबसमा ८ जना यात्रु सवार थिए ।


चालक स्याङ्गजा वालिङ्ग नगरपालिका ६ बस्ने शेखर कोइरालालाई भने प्रहरीले नियन्त्रणमा लिई दुर्घटना बारे अनुसन्धान सुरु गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom