Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा महानगरमा मङ्गलवार १७ वटा विद्यालयका बस कारबाहीमा - Brighter Network

स्रोत : जिल्ला प्रहरी कार्यालय कास्की 


भदौ ११ गते , पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडामा चल्ने विद्यालयका  विद्यार्थी बोक्ने १७ वटा बसलाई कारबाही गरेको छ  । 

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले  पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडामा चल्ने विद्यालयका  विद्यार्थी बोक्ने विभिन्न २२३ वटा स्कुल बसहरूलाई मङ्गलवार बिहान ८  बजेदेखि दिउसो ५ बजेसम्म चेकजाँच गरिएकोमा १७ वटा विद्यालयका बस  कारबाहीमा परेका हुन्  । 

पक्राउ परेका बसलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको र सम्पूर्ण चालकहरूलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन भनी सम्झाई बुझाई समेत गरिएको कास्की प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom