Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल वर्षापछि आएको पहिरोले एकै घरका तीन जनाको ज्यान लियो - Brighter Network

  

 

भदौ ३ गते । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।


आइतबार राति जिल्लाको नलगाड नगरपालिका-२ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारको अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम पाण्डेले मृत्यु हुनेहरूमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र २ वर्षीय शिभम परियार रहेको जानकारी दिए  । मृत्यु तीन जना एकै परिवारका सदस्य रहेका छन् ।


घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दिल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom