Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फोर्स गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते , एकको अवस्था गम्भीर - Brighter Network


भदौ ४, बाँकेको नेपालगञ्जदेखि सुर्खेत जाँदै दै गरेको फोर्स गाडी रत्नराजमार्गको पाडुलेमा दुर्घटनामा परेको छ ।


लु१ज–४०९१ नम्वरको फोर्स गाडी आज दिउँसो जिल्लाको भेरीगंगा नगरपालिका–१२, पाडुलेमा दुर्घटना हुँदा गाडीमा सवार सबै ११ जना यात्रु घाइते भएका छन् ।


घाईते मध्ये एक जना पुरुषको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दुर्घटना भएको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय छिन्चु र स्थानीयको सहयोगमा घाईतेहरुको उद्दार गरी उपाचारका लागि प्रदेश अस्पताल कालागाउँ ल्याईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनु भयो । घटना बारे थप अनुसन्धान भईरहेको उहाँको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom