Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइईको ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जना पक्राउ - Brighter network


साउन २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । 


इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु छन् । 


शुक्रवार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्ने कार्की र थारुलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रधान अध्यापक जितेन्द्र यादवले जानकारी दिए ।


उनका अनुसार पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिट चोराउन खोज्नेलाई परीक्षा केन्द्रका प्रमुखले कारवाहीका लागि निवेदन दिएपछि कारवाही हुनेछ । 

Top Post Ad

post bottom ads

Ads Bottom