Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकीमा उद्यमी महिलाको सशक्तीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न - Brighter Network



पोखरा । महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सबलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तीकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रवार अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभूमिबाट आएकै कारण उद्यमीहरूको समस्या बुझ्ने बताए ।

वुमन एक्टकी कार्यकारी अध्यक्ष सृजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिँदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वञ्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् ।

भेलाले पोखरा महानगर, माछापुच्छ्रे गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मिलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास सञ्जाल ९सीओपि नेटवर्क० समेत गठन गरेको छ । सञ्जालको संयोजकमा उर्मिला वि।क, उप संयोजकमा रेवती सारू, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।

सञ्जालले स्थानीय, प्रदेश स्तरमा समन्वय गरी उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom