Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा छोराको ज्यान गयो आमा सहित दुई जना घाइते - Brighter Network

फाइल तस्बिर 


साउन २८ गते । बुटवल १३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

दुर्घटनामा बुटवल उपमहानगरपालिका-१३ का २३ वर्षीय अंकृत पाठकको ज्यान गएको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ  । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटरबेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको थियो  ।  

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर भएकी छिन्  । 

साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते छन्  ।  घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom