Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउन महिनामा मात्रै कास्कीबाट २७ जना फरार प्रतिवादीहरू पक्राउ - Brighter Network


पोखरा- कास्की प्रहरीले अदालतको फैसला कार्यान्वयनको लागि २७ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।

साउन १ गतेदेखि ३२ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना (पुरुष- २२ जना, महिला- ५ जना) फरार प्रतिवादिहरुलाई पक्राउ गरको हो ।

प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ  । निजहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र दुई लाख दशहजार आठ सय पच्चिस जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ  । 

पक्राउ व्यक्तिहरु तथा मुद्दाको संख्यात्मक विवरण : 

1. चेक अनादार मुद्दामा – १३ जना,

2. लागू औषध मुद्दामा - ५ जना,

3. चोरी सम्बन्धी मुद्दामा – ३ जना,

4. केही सार्वजनिक अपराध मुद्दामा - २ जना,

5. आगो लगाएको सम्बन्धी मुद्दामा – २ जना,

6. लेनदेन बिगो सम्बन्धी मुद्दामा – २ जना ।

Top Post Ad

post bottom ads

Ads Bottom