Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई किशोर पक्राउ - Brighter Network


भदौ १४ गते । ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । 


एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । 


बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उनीहरूविरुद्ध बालिकाका आफन्तहरूले गत सोमबार प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom