Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिका पठाउने भन्दै ५४ लाख ठगी गरेको आरोपमा २१ वर्षीय युवती पक्राउ - Brighter Network


साउन २५, प्रहरीले अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी रहेको प्रहरीले जनाएको छ ।


अर्घाखाँची पाणीनी गाउँपालिका वडा नम्बर ७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।


अमेरिकामा मासिक २ लाख तलव हुने जागिर मिलाइदिन्छु भनेर पीडितहसँग रकम लिएर उनी फरार भएकी थिइन् । 


उनलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । निजलाई पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom