Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जना कारागार चलान - Brighter Network


पोखरा- बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।


पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


गत साउन १६ गते बिहान पोखरा-६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom