Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कन्टेनर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु - Brighter khabar


भदौ २४,  चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६-००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका-३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।


घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।


ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका-५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom