Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हतियारसहित नेपाल छिरेका दुई जना भारतीय नागरिक पक्राउ - Brighter Network


असोज ५ गते । जिल्लाको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बेला चेकजाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरिएको हो ।


उनीहरूको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको प्रहरीले जनाएको छ  । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितम कुमार र देवापार, देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदीरहेका छन् ।


सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको हो । उनीहरूको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लास्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरू समेत बरामद भएको छ ।


दुवै जना लागुऔषध सेवन गरी लट्टिएको अवस्थामा पक्राउ परेका थिए ।  घटनाको थप अनुसन्धान  भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom