Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमानले गरे सम्बन्ध विच्छेद गर्न खोजेकी श्रीमतीको हत्या - Brighter Network


भदौ २७, सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ ।


जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे ।


राधिकाको घाँटी र पेटमा चोट लागेको छ । उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो ।


जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom