Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १२ अंकले घट्यो - Brighter Network


भदौ २०, बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १२ अंकले घटेको छ । बुधबार ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको नेप्से आज थप १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा पुगेको हो ।


बिहीबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १०१ वटाको शेयरमूल्य बढेको छ । १३८ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र ट्रेडिङबाहेक सबै उपसमूहको सूचक घटेका छन् ।


आज कारोबारमा आएका कम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।


आज २ करोड १ लाख कित्ता शेयर ९ अर्ब ६५ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom