Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घाँस काट्न गएकी लक्षिमाको लडेर ज्यान गयो - Brighter Network


भदौ १७ गते । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।


मृत्यु हुनेमा स्थानीय मनकुमार तामाङकी श्रीमती लक्षिमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । 


मृतकको शव जिल्ला अस्पताल ल्याएर सोमबार पोष्टमार्टम पछि आफन्तलाई बुझाइको प्रहरीले जनाएको छ । यसैबिच पाँचथरकै हिलिहाङ २ कावेली खोलामा एकजना पुरुषको बेवारिसे शव भेटिएको छ ।


सोमबार दिउसो भेटिएका पुरुष करिब ५५ वर्षका रहेको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने खुल्न बाँकी रहेकाले पहिचान हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom