Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी बालिकाको टाउको र खुट्टा जङ्गलमा भेटियो - Brighter Network


असोज १ गते । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।


खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


मृतक बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको प्रहरीले जनाएको छ ।


मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता हुनुभएको थियो । उहाँलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।


आइतबार रातिदेखि नै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासीहरु बालिकाको खोजतलासमा लगातार जुटेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom