Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल सहित ६ जना पक्राउ - Brighter Network


आश्विन ४, नेपाल प्रहरीले ठुलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ ।


शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो ।


पत्रकार सम्मेलनमा बोल्दै लागु औषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ बिरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीको क्रममा ठुलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताउनु भयो । भदौ १८ गते जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं. ५ घर भई हाल काठमाडौँ गोकर्णेश्वर न.पा. ७ माकलवारि बस्ने वर्ष ३० को बहादुर राईलाई ऐ.ऐ. वडा नं. ५ स्थित बागमती कोरिडोर सडक किनारबाट नियन्त्रित लागु औषध ट्रामाडोल ९ सय क्याप्सुलसहित पक्राउ गरिएको बताउनु भयो । निज बस्दै आएको को डेरा कोठा खानतलासी गर्दा थप ट्रामाडोल ३३ हजार ६ सय गरी जम्मा ३४ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको बताउनु भयो । भदौ १९ गते जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ बस्ने वर्ष २२ का विपिनकुमार महतोलाई जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा. ६ बाबाचोक स्थितबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको बताउनु भयो ।


विशेष सूचनाको आधारमा मिति भदौ ३१ गते जिल्ला पर्वत महाशिला गा.पा. वडा नं. ५ लुंखु पर भई काठमाडौँ न.पा. २७ मित्र नगर बस्ने वर्ष २७ का चालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल ९ हजार क्याप्सुलसहित पक्राउ गरिएको बताउनु भयो । निजले उक्त नियन्त्रित मनोद्विपक पदार्थ सम्झना रोक्काबाट खरिद गरी विक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताउनु भयो । जिल्ला झापा अर्जुनधारा न.पा. ब.डा.न.१ ठेगाना भई हाल काठमाडौँ जिल्ला टोखा न.पा.९ गोङ्गबु बस्ने वर्ष ३२ की सम्झना रोक्कालाई निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजको घर कोठा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बताउनु भयो । निज सम्झना रोक्काले उक्त ट्रामाडोल क्याप्सुलहरू विक्री वितरण गर्ने मुख्य व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ को खुल्न आएको बताउनु भयो ।


प्रहरीका अनुसार असोज ३ गते जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ प्रदीप सर्राफलाई जिल्ला काठमाडौँ टोखा न.पा.१० बाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको छ । साथै निजको कारोबारमा सहयोग गर्ने का.म.न.पा. वडा नं. १५ डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज प्रदीप सर्राफले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडौँमा ठुलो परिमाणमा अवैध कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै निजहरू उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom