Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली नोटसहित तीन जना पक्राउ - Brighter Network


आश्विन १  गते । कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगी कलवारको ३८ वर्षीय छोरा मयाराम गुप्ता र उनकी श्रीमती ३६ वर्षीय उर्मिला गुप्ता रहेको उहाँले बताउनुभयो।


मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा रहेको प्रहरीको भनाइ छ । पक्राउ गरिएको तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom