Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा सवारी आवागमनमा रोक - Brighter Network


असोज १२ गते । नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।


जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम अझै रहेको भन्दै सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले शनिबार सूचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभएको छ ।


‘‘नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सम्पूर्ण सवारी धनी एवम् यात्रुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनु हुन तथा यात्रा नगरि यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ’’, प्रशासकिय अधिकृत सिंजालीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।


पहिरोको जोखिम भएपछि यस सडकखण्डमा शुक्रबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पनि सवारी आवगमनमा रोक लगाइएको थियो । तर शनिबार बिहान ठाउँ–ठाउँमा पहिरो जाँदा यस सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । पानी नरोकिएपछि सम्भावित क्षतीलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले दिउँसो देखिनै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो ।


शनिबार बिहान मुग्लिन नागढुङगा सडक खण्डको मौवाखोला, घोप्टेभिर, नौँ किलोलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखि रोकिएका सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।


पूर्व र पश्चिमबाट राजधानी जान लागेको सयौं सवारी साधन नारायणगढको आपटार क्षेत्रमा रोकिएका छन् । भारी वर्षाको जोखिमले शुक्रबार साँझदेखि मुग्लिनको बाटो यातायात सञ्चालनमा रोक लगाएपछि सवारी साधन नारायणगढमा रोकिएको हो । मुग्लिन नारायणगढको आधा दर्जन स्थानमा पहिरो गएको छ भने केही स्थानमा सडक भासिएको छ । आपटारी, भरातपुरको वाइसपास सडक, भरतपुर वसपार्क लगायतका स्थानमा सवारी साधन रोकिएका छन् । अझै एक दिन सवारी सञ्चालन हुन नसक्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom