Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धादिङको गल्छीमा काठमाडौँ जाँदै गरेको कार पहिरोले पुर्‍यो , उद्धार कार्य जारी - Brighter Network



आश्विन १०,  धादिङ गल्छी ४ चिरौदीस्थित पृथ्वी लोक मार्गमा सडकमाथिबाट सुख्खा पहिरो खसेर सडकमा गुडिरहेको कार पुरिएको खबर छ ।

पहिरो खस्दा  गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको  ग २ च ७८८५  नम्बर कार पुरिएको प्रहरीले बताएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार  कारमा सवार चार जनालाई सकुशल उद्धार गरी बैरेनि अस्पताल पठाइएको  छ  ।

उद्धारमा प्रहरीको टोली पुगेको र अहिले सडक दुईतर्फी रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । बाटो खुलाउने प्रयास भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom