Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लागुऔषध बिक्री-वितरण गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ - Brighter Network



भदौ २८, प्रहरीले लागुऔषध बिक्री-वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा-२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ ।


लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिनुभयो ।


उहाँका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।


विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए ।


Top Post Ad

post bottom ads

Ads Bottom