Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जापानमा भारी वर्षाका कारण आएको बाढी र पहिरोले एक जनाको ज्यान लियो, केहि बेपत्ता -Brighter Network


असोज ६ गते । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन् । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको खबर छ । 

जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको छ । 

प्रभावित क्षेत्रका केही मानिसहरु सञ्चार सेवा विहिन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom