Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध - Brighter Network


भदौ २१ गते । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१२ घाँसी कुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरोध भएको छ ।


यहाँ परिरहेको अविरल वर्षाले गर्दा शुक्रवार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको दुवैतर्फ यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


प्रहरीका अनुसार  ठुलो पहिरो खसेको र पानी परिरहेकोले पहिरो पन्छाउन कठिन भएको छ  । पानी परेकोले गर्दा त्यो क्षेत्रमा पहिरो खस्ने जोखिम रहेकोले राजमार्ग सुचारु गर्न कठिन भएको छ । 


मुग्लिङ– पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सुचारु गर्ने प्रयास भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom