Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ८ वर्षीय बालक बेपत्ता - Brighter Network


असोज ६ गते । म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । 

शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारेस्थित झोलुङ्गे पुलनजिक किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१, निस्कोट घर भई हाल दरबाङमा बस्दै आएका  सागर पटेलका छोरा ८ वर्षीय सलमान पटेल बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शुक्रबार साँझ करिब सवा ५ बजेको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटेको प्रहरी टोली र स्थानीयवासीले खोजी सुरु गरेका छन् । 


अभिभावकमार्फत बेपत्ता सलमानको कपडा र चप्पलबाट पहिचान भएको खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom