Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाढी हेर्न गएका १६ वर्षीय किशोरलाई बाढीले बगाएपछि - Brighter Network


आश्विन १३, बाढीको चपेटामा परी दुई युवकले ज्यान गुमाएका छन् । महोत्तरीको सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास-१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन्भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताउनुभयो ।


यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।

Top Post Ad

post bottom ads

Ads Bottom