Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा - Brighter Network


भदौ २१ गते।  एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले काठमाडौँ उपत्यकाबाट से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई पक्राउ गरेको  हो ।  खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको प्रहरीले जनाएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो।

प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४७ प १९७५ वास्तविक नम्बर रहेको उक्त मोटरसाइकल काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा संलग्न  कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको बागमती प्रदेश ०२–०३८ प ९२५३ नम्बरको  उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom