Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरले ठक्कर दिँदा एक जना स्कुले छात्राको ज्यान गयो, दुई जना बालबालिका घाइते - Brighter Network


भदौ २३ गते । महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा  एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् । 


इलाका प्रहरी कार्यालय गौशालाकाअनुसार ट्याक्टरले किचेर गौशाला–३ ईंटाटारकी आठ वर्षीया जोयाकुमारी महतोको मृत्यु भएको हो । सँगै रहेकी ६ वर्षीया हंसिकाकुमारी महतो र १२ वर्षीय सुरजकुमार महतो घाइते छन् ।


घाइतेको हात र दाहिने खट्टामा चोट लागेको छ । घाइते बालबालिकाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर रानाकाअनुसार एउटै साइकलमा चढेर विद्यालयतर्फ जाने क्रममा उनीहरूलाई गौशाला नगरपालिकाको सुर्ती विकाश चोकबाट ईंटाटारतर्फ जाँदै गरेको ज २ त २० नम्बरको ट्याक्टरले धक्का दिएको थियो । 


सुरुमा सामान्य घाइते बालिका जोयालाई चालकले ट्याक्टर ब्याक गरेर मारेको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि घटनास्थल केही समय तनावग्रस्त बनेको थियो । दुर्घटना लगत्तै ट्याक्टर चालक प्रेमचन्द्र महतो केही बेर फरार रहेपनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom