Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा करेन्टको प्रयोग गरी माछा मार्न गएका वडा सदस्यसहित पाँच जना पक्राउ - Brighter Network


स्याङ्जा, असोज ५ गते । स्याङ्जामा अवैध तरिकाले  करेन्टको प्रयोग गरी  माछा मार्न गएका वडा सदस्यसहित पाँच जना पक्राउ परेका छन्  । 


वालिङ नगरपालिका –१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ वर्षीय मनोज सहानी, ४२ वर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडी सहित उनीहरूलाई वालिङ –१ रामवाच्छाबाट पक्राउ गरेको हो  । 



स्रोतका अनुसार  पक्राउ परेका जिटीलाई यस भन्दा अगाडी पनि पक्राउ गरेर छाडिएको थियो  । प्रहरीका अनुसार उनीहरूमाथि थप   कारबाहीका लागि प्रक्रिया  अगाडी बढिसकेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom