Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वाईफाईको रिचार्ज गर्ने विवादमा श्रीमानले गरे श्रीमतीको ह'त्या - Brighter Network


भदौ २६ गते । वाईफाईको रिचार्जगर्ने विषयमा श्रीमान श्रीमतीबिच भएको विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।


बाराको निजगढ नगरपालिका–९ वस्ने ४५ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया लक्ष्मी राईको हत्या गरेका हुन् । तीन चार दिनदेखि श्रीमती राईले वाईफाईको रिचार्ज गर्न किचकिच गर्दै आएको भन्दै बस्नेतले मङ्गलबार राति श्रीमतीलाई खुर्पा प्रहरीगरी घाईते बनाएका थिए । 


गम्भिर घाईते लक्ष्मीको सामुदायिक प्रस्तुती अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 


राईलाई श्रीमान विमलले खुर्पा प्रहार गर्दा छुट्याउन जाने क्रममा उनकी १८ वर्षीया छोरी गंगा राईको हातमा खुर्पाले लाग्दा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 


अर्की छोरी १५ वर्षीया जमुना राई पनि समान्य घाईते भएको प्रहरीले जनाएको छ । घाइते छोरी गंगाको अहिले मेडिकल कलेज वीरगन्जमा उपचार भईरहेको छ । 


मृतक लक्ष्मीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा लागिएको प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom