Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न - Brighter Network


पोखरा , भदौ २९ गते । पोखरा महानगरपालिका वडा नम्बर ८ मा अवस्थित पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १२ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ  ।

संस्थाका अध्यक्ष महेश्वर रिमालको  अध्यक्षतामा र पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको  प्रमुख आतिथ्य, डा.भवानी शङ्कर पौडेलको  विशेष आतिथ्य र अन्य सहकारीकर्मीहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले अहिलेको अवस्थामा पनि सहकारीले आफ्नो साख जोगाउँदै उल्लेख्य प्रगति गरेकोमा प्रशंसा गर्नुभयो  ।  साधारण सभामा उहाँले राष्ट्रको गरिबी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो  । उहाँले ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिवर्तन हुँदै आए त्यसै गरी राष्ट्रको सुगमदेखि दुर्गमसम्म सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो  ।


त्यस्तै विशेष अतिथि पौडेलले शेयर सदस्यहरूको सल्लाह सुझाव महत्त्वपूर्ण हुने भन्दै सम्पूर्ण आर्थिक कारोबार आफ्नै पानसबाट गर्न अनुरोध गर्नुभयो  । त्यस्तै उहाँले सहकारीले अहिलेको अवस्थामा आर्थिक हिसाबले पोखराकै बलियो सहकारीको रूपमा उभिन सफल भएकोमा सञ्चालक समिति  साथै शेयर सदस्यहरूलाई बधाई व्यक्त गर्नु भयो  । 


कार्यक्रममा निवर्तमान अध्यक्ष इन्द्रमान चौहानले आफ्ना भनाई राख्दै   सहकारी संस्थाहरू वित्तीय क्रियाकलापमा मात्र सीमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताउनुभयो  । उहाँले खस्कँदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भावनाको वृद्धि गर्नु पर्ने समेत औँल्याउनु भयो  । त्यस्तै उहाँले अहिलेको पानस साकोसको अवस्था बलियो रहेका बताउँदै निर्धक्क भएर कारोबार गर्न समेत शेयर सदस्यहरूलाई आग्रह गर्नुभयो  । 


संस्थाका सचिव डुक प्रसाद काफ्ले (राजु) ले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर थापाले शब्दमार्फत  स्वागत  गर्नुभएको थियो  ।


सभामा संस्थाको अध्यक्ष महेश्वर रिमालले  आव २०८०/०८१  को  वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो  । संस्थाको असार मसान्त सम्ममा शेयर पुँजी दुई करोड दश लाख पैँतिस हजार छ सय , जगेडा कोष ३४३०६५९, कुम बचत ९७८५७६३६, तथा विभिन्न कोष रकम १६९७९९४ रहेको छ  ।  त्यसै गरी लगानीमा १०२४३६१६०,तरलता रकम २६९४४७०८ , कुल ऋण सदस्य २४९ र कुल शेयर सदस्य ४२९ रहेको  संस्थाका प्रबन्धन निर्देशक ध्रमेन्द्र गुरुङले बताउनुभयो  । 

कोषाध्यक्ष सुजन श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको उक्त कार्यक्रममा शेयर सदस्यका परिवारबाट राष्ट्रिय परीक्षा बोर्डले लिएको एसइईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूका साथै संस्थामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो   । 

Top Post Ad

post bottom ads

Ads Bottom