Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भदौ महिनामा कास्कीबाट ८६ जना प्रतिवादीहरू पक्राउ, चेक अनादर मुद्दामा मात्रै ५२ जना - Brighter Network


भदौ ३१, जिल्ला अदालत कास्कीको फैसला कार्यान्वयनको लागि फरार भएका  ८६ जना प्रतिवादीहरू पक्राउ परेका छन् । 

भाद्र १ गते देखी ३१ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कास्कीबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ परेका हुन् ।  जसमा पुरुष ६३ जना र  महिला २३ जना छन् । 

प्रहरीका अनुसार निजहरूबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र  छयालिस लाख बयालिस हजार नौ सय रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको छ । 

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा  ५२ जना, लागू औषध मुद्दामा ९ जना, चोरी सम्बन्धी मुद्दामा १ जना, अपहरण तथा शरीर बन्धक मुद्दामा  १ जना, हातहतियार तथा खरखजना मुद्दामा १ जना, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा- १ जना, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा २ जना, बाल यौन दुरुपयोग मुद्दामा २ जना, बैङ्किङ कसुर मुद्दामा ६ जना, अभद्र व्यवहार मुद्दामा ३ जना, लेनदेन मुद्दामा ३ जना, सवारी ज्यान मुद्दामा -२ जना र  जालसाजी मुद्दामा   ३ जना रहेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom