Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साठी केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ - Brighter Network


भदौ २७ गते । साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।


टेरेन्सलाई मङ्गलबारै अदालत उपस्थित गराइएको र अदालतमा बयान सुरु भएको ब्युरो प्रमुख थापाले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानमा टेरेन्स सुन तस्करीमा अन्य चिनियाँ तस्कर समूहसँग र ६० केजी सुन तस्करी प्रकरणका मुख्य आरोपित याओ पुचिङसँग नियमित रूपमा सम्पर्कमा देखिएको र  क्यासिनोमा आउजाउ गरेको भेटिएको छ । 


सुन तस्करी प्रकरणको छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । 


सिआइबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरूले क्यासिनोको सिसिटिभी फुटेज पनि बरामद गरेका थिए । त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपित क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom