Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कुकुरलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटनामा परेका घाइते युवकको ज्यान गयो - Brighter Network

फाइल तस्विर 


भदौ २४ गते । हेटौँडा उपमहानगरपालिका १७ स्थित कठायत चोकमा  मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवको मृत्यु भएको छ ।


ना ६४ प २७१० नम्बरको मोटरसाइकल धरान चतरा सडक खण्डमा पर्ने सो स्थानमा दुर्घटना हुँदा घाइते भएका मकवानपुरको बकैया गाउँपालिका ४ का उत्तम गौतमको उपचारको क्रममा मृत्यु भएको हो।


गत शुक्रबार राती हेटौँडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको उक्त मोटरसाइकल सडकमा बाटो क्रस गर्न खोज्ने कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका ४ का ४४ का प्रभाव गौतम सामान्य घाइते भएको र साेही मोटरसाइकल पछाडि सवार ४६ वर्षीय उत्तम गौतमको नाक र टाउकोमा चोट लागेको थियो । हेटौँडा अस्पतालमा सामान्य उपचारपछि गम्भीर घाइते हुनुभएका उत्तम गौतमलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगिएको थियो । उपचार सम्भव नहुने भनी फिर्ता गरी चुरेहिल अस्पताल हेटौँडा ल्याएकोमा उपचारको क्रममा आइतबार राती  ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom