Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा खुला तिज नृत्य प्रतियोगिता सम्पन्न - Brighter Network


पोखरा-  पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँ गाउँमा  अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि ले तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले आफ्नो वार्षिक भित्ते पात्रो अनुसार आफ्नो प्राङ्गणमा कक्षा एकदेखि   पाँच  र छ देखि दश कक्षाका विद्यार्थीहरूबिच प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा ६-१० सम्म को समूहमा युविना गुरुङ,जेसिका दाहाल,कृपा गुरुङ र अस्मि जी टी को समूह उत्कृष्ट भएको थियो भने १-५ कक्षा सम्मको समूहमा सुवानी खड्का उत्कृष्ट भएकी थिइन् । 

विद्यालयले उत्कृष्ट दुई समूहसँगै विभिन्न विधामा उत्कृष्ट हुने अन्य ३ समूह गरेर जम्मा  पाँच  समूहलाई नगद सहित पुरस्कृत गरेको थियो ।  विद्यार्थीहरूमा नेपाली रीतिरिवाज र  मौलिक संस्कृतिको बारेमा ज्ञान हुनुपर्ने र यस्ता प्रतियोगिता महत्त्वपूर्ण भएकाले  विद्यार्थीहरूबिच यो कार्यक्रम गरिएको विद्यालय प्राचार्य शर्मिला गुरुङले बताउनुभयो  । 

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलापमा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।   

Top Post Ad

post bottom ads

Ads Bottom