Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वर्षाका कारण आज नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा - Brighter Network


आश्विन १२, लगातरको मुसलधारे वर्षाका कारण आज नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।


जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको हो ।


जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो पटक हो । यसअघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।


नदीमा यति धेरै पानी बगेको अहिलेसम्मै थाहा नपाएको स्थानीय अनुभव सुनाउँछन् । 


नारायणगढ बजारका पुराना बासिन्दा के एल भुषणका अनुसार २०१८ सालमा यस्तै प्रकृतिको बाढी आएको थियो । ठ्याक्कै भन्न नसकिएपनि यति धेरै पानीको बहाब नारायणीमा नबगेको उनले सुनाए । 


नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ ।


मापन अनुसार सात मिटर ३० सेन्टिमिटर पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रुपमा लिने गरिन्छ ।


  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको र जिल्लास्थित विपद व्यवस्थापन टीम तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।


लगातार परेको पानीले चितवनको अधिकांश क्षेत्रहरू जलमग्न बनेका छन ।

Top Post Ad

post bottom ads

Ads Bottom