Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,चार घाइते - Brighter Network


भदौ ३१, दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।


सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षिया काली शेर्पा र ५५ वर्षिया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।


गम्भिर घाइते दुवैको उपचारको क्रममा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।


दुर्घटनामा घाइते भएका निङमार तमाङ, निङमा शेर्पा, अनुश शेर्पा र डोमा शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक शत्रुधन कुमार महतोले बताउनुभयो । बोलेरो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom