Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बलेरो जिपको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गयो - Brighter Network

 

भदौ २७ गते । बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । 


व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा सोही ठाउँकी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


लमजुङको दुई पिप्लेबाट दमौली आउँदै गरेको ग ३ च १२१९ नम्बरको बलेरो जीपले बुधवार साँझ ७ः३० बजे ठक्कर दिँदा बालिका घाइते भएकी थिइन्  । 


घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  । 


प्रहरीका अनुसार  जिप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom