न्यौपानेको हत्यापछि फरार रहेका ३२ वर्षीय खाँलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीया न्यौपानेको हत्यापछि फरार रहेका खाँलाई खोज तलासका क्रममा सोमबार साँझ समयमा हेटौँडा ५ लटिनाथ मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
फरार रहेका खाँलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही भदौ १० गते हेटौँडा १० बसपार्कस्थित रत्ना होटलको कोठा नं. २०५ मा न्यौपाने मृत अवस्थामा फेला परेकी थिइन ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका खाँ र मृतक न्यौपाने भदौ ९ गते आइतबार बा ६४ प १३५ नं. को स्कुटरमा उक्त होटलमा आई कोठा भाडामा लिई बसेको सिसीटिभी फुटेजमा देखिएको छ ।
सोही दिन राति चाँद खाँ पैठान होटलको काउण्टरमा गएर केही समय होटल बाहिर गएर पुनः कोठमा आउने भन्दै बा ६४ प १३५ नं. स्कुटरको साँचो दिएर होटेल बाहिर निस्किएका थिए ।
तर भदौ १० गते बिहानको समयमा उक्त होटल सञ्चालकले कोठा नं. २०५ मा बसेकी महिलाले होटेलको ढोका नखोलेको भन्दै प्रहरीमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।