Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

परराष्ट्रमन्त्री आरजु राणा को दोश्रो वैदेशिक यात्रा क्यानडाको , अमेरीका हुँदै कतार पुगेर फर्किने - Brighter Network


भदौ ३१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गरेकी छन्  । क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनि त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री भैसकेपछिको यो दोश्रो वैदेशिक यात्रा हो 


उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका हुन् । 


क्यानडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनमा परराष्ट्रमन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


सो बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । उनि  अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने छन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।


अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरूलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ ।


त्यसपछि  मन्त्री डा. राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उनि दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ ।


सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom