Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शेयर कारोबारबाट दुई महिनामै अघिल्लो वर्षकोको भन्दा बढी राजश्व उठेको छः अर्थमन्त्री पौडेल - Brighter Network


आश्विन ३, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गर्नुभएको छ ।


शेयर कारोबारबाट दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व उठेको छः अर्थमन्त्री पौडेलबुधवार नेप्से कार्यालयमा पुग्नुभएका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गर्नुभएको हो ।


उहाँले चालु आर्थिक वर्ष ०८१÷८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताउनु भयो । उहाँले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झयो भन्दै प्रश्न गर्नुभयो ।


उहाँलो आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरुलाई सोधिरहने बताउनु भयो । उहाँले नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको बताउनु भयो । राजनीतिक रुपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो,‘अहिले नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको छ । सुझाव, टिप्पणीहरु आउने गरेका छन् । त्यो सबै प्रकारको छलफल, बहसलाई, सुझाव र टिप्पणीलाई सकारात्मक रुपमा लिन चाहन्छु । सरकार पुँजी बजारको दिगो, भरपर्दो र विश्वसनीय विकासको पक्षमा छ । दिगो, भरपर्दो, विश्वसनीय कसरी हुने ? यो चाहीँ हाम्रो सामुन्नेमा उठेको प्रश्न हो । यसको सही जवाफसहित हामी उपस्थित हुनुपर्छ । नेप्सेको काम कारबाहीको सन्दर्भमा, यसले गरेका कामहरुका बारेमा, भोगेका समस्याका बारेमा जानकारी लिन आउने योजना नै थियो ।


आज पछिल्ला दिनहरुमा पुँजी बजारमा जस्तो ट्रेण्डहरु देखियो, यसले मेरो मनमा प्रश्न उठ्यो । किन भन्ने प्रश्न उठाइदियो । यो बुझ्न ढिलो गर्नु हुँदैन भनेर आज नै आएको छु । चाल्नुपर्ने कदमका बारेमा पनि ढिलो गर्नु हुँदैन भन्ने अनुभुति भइसकेपछि यहाँ आएको छु । पोल्टिकल सिनारियाले पनि बजार प्रभावित हुन्छ भन्नुभयो । हप्ता, दश दिनका घटनाहरु हेर्दा त त्यस्तो कुनै राजनीतिक घटनाक्रम भएको छैन । नयाँ पोल्टिकल इभेण्ट्स देखिएको छैन । तर पुँजी बजारको प्रवृत्तिमा भने केही प्रश्न छ । हाम्रो पुँजी बजार दैनिक ३० अर्बको हाराहारीमा कारोबारमा पुगेको थियो ।


आज आइपुग्दा पाँच,६ अर्बको अवस्थामा छ । मेरो मनमा प्रश्न उब्जियो, यो किन भयो ? किन ३० अर्बको हाराहारीमा पुग्यो, किन ५÷६ अर्बको अवस्थामा झ¥यो । अघिल्लो वर्ष हामी वर्षभरमा हाम्रो राजश्व ५ अर्बको हाराहारी संकलन भएको थियो । अहिले एक महिनामै ४ अर्ब २३ करोड, भदौमै पनि दुई अर्ब ५७ करोड गरिकन हामीले करिव करिव लगभग पौने सात अर्ब जति राजश्व संकलन गरेका छौँ । नेप्से ३ हजार ४० मा पुगेको थियो, अहिले २५८० सयको आसपासमा छ । किन हाम्रो मार्केट यस्तो भयो ? यो मेरो मनमा उपस्थित प्रश्न हो । म आज यि प्रश्नहरुको जवाफ खोज्न आएको हुँ । जवाफ नभेटेसम्म मेरो जवाफ खोज्ने अभियान जारी रहन्छ । यि प्रश्नहरुको जवाफ चाहिएको छ । यो प्रश्नको जवाफ मसँगै खोज्छु, सचिवज्यु, जिम्मेवारी लिएका सबैसँग खोजिरहेको छु ।’


उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिनुभयो । नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न जोड दिनुभयो । पुँजी बजारका समस्या पहिचान गरी शिघ्र समाधानमा लाग्नुपर्ने बताउनु भयो । सरकारले पुँजी बजारको दिगो, भरपर्दो विकासका पक्षमा काम गरिरहेको बताउनु भयो ।

Top Post Ad

post bottom ads

Ads Bottom