Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँ बस दुर्घटना अपडेट : घाइते एघार जनाको उपचार हुँदै - Brighter Network


भदौ २६ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।


आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने आँबुखैरेनी गाउँपालिकाको कार्यालय अगाडि को खहरेखोलाको पुलबाट बस खस्दा सो सङ्ख्यामा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । 


पौडेलकाअनुसार मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । पुलको बीच भागमा खाली रहेको ठाउँबाट बस खसेको हो । घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom