Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इन्धनको मूल्य घट्दा के हुँदै छ त सार्वजनिक यातायातको भाडा समायोजनको कुरा - Brighter Network


आश्विन २, पेट्रोल डिजेलको मूल्य बढ्दा भाडा बढाउन हतारो देखिने सम्बन्धित निकायले यतिखेर भने निरन्तर पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि अहिलेसम्म भाडा समायोजन गर्नतर्फ चासो दिएको देखिएको छैन । 

साथै दसैँ तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा असुली गर्ने गरेका घटना यस अगाडिका समयमा समेत देखिँदै आएका छन् । 

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन्  ।

बुधवार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । 

उनले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताएका हुन् ।  इन्धनको मूल्य घट÷बढ भए अनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि भइरहेको मन्त्री दाहालले बताए  ।

सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom