Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो , नागढुङ्गा-नौविसे सडक खण्डमा सवारी आवागमन ठप्प - Brighter Network


आश्विन ११, अविरल वर्षाले बगाएर ल्याएको लेदोका कारण नागढुङ्गा-नौविसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।

धुनिवेशी नगरपालिकास्थित खत्री पौवा नजिकै सिस्ने खोलामा काठमाण्डौँतर्फबाट बगेर आएको लोदो सहितको गेग्रयानका  कारण त्रिभुवन राजपथ  ठप्प भएको हो ।

यातायात बन्द भएपछि  राजधानी प्रवेशका लागि आएका र राजधानीबाट बाहिरिने सवारी साधनहरू सडकमा नै रोकिएका  छन्  । नौविसे नागढुङ्गा सुरुङ्ग मार्ग भन्दा माथिल्लो भागमा गेग्र्यानसहित लेदो आएको हो ।

  हिजोदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको पनि ठाउँ ठाउँमा पहिरो  खसेको र सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।

जसले गर्दा सवारी आगमनमा निकै समस्या उत्पन्न भएको छ ।

सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाइएको छ । वर्षा भइरहेकोले सो लोदो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom