Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोका कारण काठमाडौँ–मुग्लिङ सडक पूर्ण रूपमा अवरुद्ध - Brighter Network


असोज १२ गते । अविरल वर्षासँगै गएको पहिरोका कारण काठमाडौँ–मुग्लिङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नाग मन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिङ सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

आज बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन नसकेको नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकले बताएका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom