Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा आउँदै गरेको माइक्रो बस शिवपुरीको भीरबाट खस्यो , थप विवरण - Brighter Network


पोखरा - नुवाकोटको पुर्वी भेगमा रहको शिवपुरीमा माइक्रोवस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ ।


काठमाडौ टोखा–छहरे–गंगटे सडकखण्डको वीचमा रहेको शिवपुरी गाउंपालिका ७ अदुवारवारी घुम्तीमा माइक्रोवस सडकवाट एक सय ५० मिटर तल खसेर दुर्घटाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


काठमाडौवाट नुवाकोट हुदै कास्कीको पोखरा आउने  क्रममा रहेको ग १ ख ४५३५ नम्वरको यात्रुवाहक माइक्रोवस सोमवार दिउंसो को शिवपुरीमा भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।


घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटना लगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्धार गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom