Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रिपर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक सैनिकको ज्यान गयो, अर्का एक घाइते - Brighter Network


गोरखा -  गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार दिउँसो ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।


अर्का एक जना गम्भीर घाइते भएका छन् । शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । दु


र्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।


गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव पाठकले बताउनुभयो ।   ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom