Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो, दुई घाइते - Brighter Network


भदौ २१, बर्दियामा जंगलवाकको क्रममा गैँडाको आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


ठाकुर बाबा नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। अमेरिकी नागरिक याम्सी लन्डन सावन र स्थानीय छिन्चु थारु घाइते भएका छन् ।


याम्सी लन्डन सावनलाई उपचारको लागि नगर अस्पताल भुरीगाउँ पठाइएको छ भने छिन्चु थारुको अवस्था सामान्य रहेको छ । मधुबन नगरपालिका वडा नं. १ स्थित शिवपुर सामुदायिक वनमा २०८१ सालको भदौ २० गते राति ठाकुर बाबा नगरपालिका–९ स्थित बर्दिया होमस्टेमा बास बसेका याम्सी लन्डन सावन, मनमोहन चौधरी र छिन्चु थारु जंगलवाकमा निस्किएका थिए ।


बिहान करिब ८ बजे उनीहरूलाई गैँडाले आक्रमण गरेको थियो । चौधरीको घटनास्थलमै मृत्यु भयो भने लन्डन सा वन र थारु घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनु भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom