Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गीतकार शिव पलाँसको शब्द रहेको 'खोकी लाग्दा हर्रो ' बोलको गीत सार्वजनिक - Brighter Network


पोखरा -  स्याङ्जाले जन्माएका कवि तथा गीतकार शिव पलाँसको शब्द रहेको 'खोकी लाग्दा हर्रो ' बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक ईश्वर पोखरेल (अविरल) र गायिका समीक्षा अधिकारीले आवाज दिएका छन्  ।

प्रमोद पनाले सङ्गीत भरेको गीतको भिडियो केही दिन अगाडी मात्रै सार्वजनिक भएको हो । योगेशकाजीले सङ्गीत संयोजन गरेको उक्त गीतको रेकर्डिङ र मिक्स मनोज परियारले गरेका हुन् । 

त्यस्तै गीतको भिडियोमा प्रियङ्का कार्की र गम्भीर विष्टको अभिनय रहेको छ भने भिडियोको निर्देशन र कोरियोग्राफीमा पनि बिस्टकै योगदान छ ।
प्रवीण भट्टले रङ संयोजन र सम्पादन  गरेको भिडियो गायक पोखरेलको युट्युबबाट सार्वजनिक भएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom