Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दाउन्नेमा सडक भासिदा यातायात आवगमन पूर्णरुपमा बन्द - Brighter Network


आश्विन १४, पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवगमन ठप्प भएको छ ।  आज दिउसो ५ः३० बजेको समयमा राजमार्ग भासिदा यातायातका सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ ।


दुईदिन अघि लगात परेको पानीका कारण राजमार्ग भासिन गएको र राजमार्ग माथीको भाग समेत अझै झर्नेक्रमा रहेकाले कति समयसम्म अवरोध हुने भन्नेवारेमा भन्न नसकिने अवस्था रहेको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार बानियाले बताउनु भएको छ ।


राजमार्ग माथिको भागमा विद्युतको हाईटेन्सनको पोलसमेत ढलेकाले लामो समय सम्म सडक अवरुद्ध हुनसक्ने संभावना रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom